रोल्पा– भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले रोल्पाका एक जना जनप्रतिनिधिको घर कब्जामा लिएका छन् ।


ADVERTISEMENT


बिहीबार ठुलो संख्यामा आएका विप्लव कार्यकर्ताले घर घेराउ गरी माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको हुन् ।


ADVERTISEMENT

# # #


उनको घर पार्टीको झण्डा गाडेर कब्जा गरिएको नेकपा गाउँपालिकाका प्रमुख सूर्य खड्काले स्वीकार गरेका छन् । उनका अनुसार, घर्तीले भ्रष्टाचार गरेका कारण जनताकै मागको आधारमा स्थानीय ‘जनसरकार’ले कारबाही गरेको हो ।

तर, वडासदस्य हरिप्रसाद घर्तीले भने आफूले भ्रष्टाचार नगरेको र गरेको प्रमाणित भएमा कानून बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् ।

प्रहरीले भने आफ्नोतर्फबाट सुक्ष्म अनुसन्धान जारी रहेको बताएको छ । वडासदस्य हरिप्रसाद घर्तीले ११ भदौमा आफूलाई विप्लव समूहका नेकपा कार्यकर्ताले अपहरण गरी जंगलमा लगी कुटपिट गरेको बताएका छन् ।