काठमाडौँ – नेपाली कांग्रेसले पहिलो चरणमा उपप्रधानसहित तीन मन्त्री पठाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेबहादुर देउवाले आज बुधबार पद तथा गोपनियताको सपथ लिनेछन् । लगतै सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नेछन् ।


ADVERTISEMENT


कांग्रेसका तर्फबाट तीन मन्त्री हुनेछन् । पूर्व उपसभापति गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । उनलाई रक्षा मन्त्रालय दिने तयारी छ ।


ADVERTISEMENT

# # #


यस्तै ज्ञानेन्द्रबहादुर कार्की पनि मन्त्री हुनेछन् । उनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्नेछन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि यो मन्त्रालय दाबी गरेका थिए । तर, भौतिक पूर्वाधार आफैंसँग राख्ने कांग्रेसको तयारी छ ।

यस्तै अर्का मन्त्री रामचन्द्र पौडेल समूहबाट हुनेछन् । महेश आचार्य मन्त्री हुने सम्भावना छ । तर, उनको नाम आइनसकेको एक नेताले बताएका छन् ।