काठमाडौँ– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोह नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिष्कार गर्ने भएको छ ।


ADVERTISEMENT


कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकार गठनमा एकलौटी गरेको र मन्त्री चयन गर्दा पनि आफूहरुसँग छलफल नगरेको भन्दै पौडेल समूह असन्तुष्ट छ ।


ADVERTISEMENT

# # #


बुधबार बिहान बुढानिलकण्ठस्थित निवासमा देउवा बधाई ग्रहण गर्न व्यस्त भइरहेको बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालयमा पौडेल समूहका नेताहरुको बैठक बसेको थियो ।

सपथग्रहण बहिष्कार गर्नेमात्रै नभएर पौडेल समूहले देउवा नेतृत्वको सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको उनी निकट एक नेताले जानकारी दिए ।