काठमाडौँ– एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दैछ ।

जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलको मलेशियाले दुई अङ्क जोडेको छ । मलेशियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । युएई चार अङ्कसहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक/एक खेलमा विजयी हङ्कङ र मलेशिया दुई/दुई अङ्कका साथ क्रमश : तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ ।

छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र युएई आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ । ओमन र सिङ्गापुर डिभिजन तीनमा तथा मलेसिया डिभिजन चारमा छ ।

छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एशिया कपमा सहभागि हुन पाउनेछ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ ।

नेपाल यसरी छनोट हुनसक्छ यशिया कपमा

नेपालले यसअघिका दुई गुमाईसकेको अवस्थामा एशिया कपमा छनोट हुनका लागि बाँकी रहेका तीन खेल जितेर मात्रै हुनेछैन । अरुको भर पनि पर्नुपर्नेछ ।

यस्तै नेपाल अघि बढ्नलाई प्रतियोगिताको शीर्ष स्थानमा रहेका यूएई र ओमानले लगातार हार व्यहोर्नु पर्नेछ । वा हङकङले ओमनलाई हराएमा र नेपालले हङकङलाई हराएमा नेपाल रनरेट बढी भएमा फाइनलमा जानेछ ।

फाइनलमा जितेमा नेपालको भारत र पाकिस्तानसंग खेल्ने सपना पूरा हुनेछ ।

६ टोली सहभागी प्रतियोगितामा यूएई दुई खेलमा विजयी भएर ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा विजयी ओमान ४ अंक भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

प्रतिकृया

प्रतिकृया