काठमाडौं– हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ ।


ADVERTISEMENT


तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेका मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ ।


ADVERTISEMENT

# # #


जापानको सर्त पूरा भयो भने अबको केही दिनमा जापानीहरु मन्दिरभित्र प्रवेश गर्नेछन् ।

आगम्छे जीर्णोद्धार गर्न जापानले अनुदान समेत दिइसकेको छ ।

जापानले २ मन्दिरका लागि ३३ करोड रुपैयाँ अनुदान दिएको छ । आगम्छेका लागि १३ करोड र पाटनको देगु तलेजुका लागि २० करोड रुपैयाँ छुट्याइएको छ । – आजको कान्तिपुरबाट