काठमाडौँ– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।


ADVERTISEMENT

# # #


देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिएका थिए । त्यसअघि प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएको संसदबाट प्राप्त पत्र सुनाइएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दलका नेता के पी ओली, विभिन्न दलका नेताहरु, सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुलगायतको उपस्थिति थियो । सोही कार्यक्रममा राष्ट्रपतिको उपस्थितिमा प्रधामन्त्रीले मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गरेका थिए ।