काठमाडौँ– नव निर्वाचित प्रधानमन्त्री शेर बहादुर देउवाको सपथ संगै सरकारमा तीन उपप्रधानमन्त्रीले आज सपथ लिएका छन् ।


ADVERTISEMENT


विजय गच्छदार उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीमा विजय गच्छदारले सपथ लिएका छन् ।उनी पहिलो बरियताका उपप्रधानमन्त्री भएका छन् ।   उनी यस अघिको प्रचण्ड नेतृत्वको सरकारमा पनि सोही मन्त्रालय सम्हालेका थिए ।


ADVERTISEMENT

# # #


यसैगरी माओवादी केन्द्रको नेतृत्व गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्रीका रुपमा कृष्ण महराले सपथ लिएका छन् । त्यस्तै नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधानमन्त्री तथा शिक्षा मन्त्रीमा सपथ लिएका छन् ।

यसअघि उर्जामन्त्री रहेका माओवादी केन्द्रका जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रीमा सपथ लिएका छन् । माओवादी कै प्रभु शाह विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् ।
कांग्रसका ज्ञानेन्द्र बहादुर कार्कीले अर्थमन्त्रालय पाएका छन् भने फरमुल्हा मन्सुरले श्रम तथा रोजगार मन्त्रीमा सपथ लिएका छन् ।