काठमाडौं–मलेसियामा जारी एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियासँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । वर्षाले प्रभावित भएपछि बायुमास ओभलमा ३० ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।


ADVERTISEMENT


मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत आज नेपालले घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिन लागेको छ।


ADVERTISEMENT

# # #


नेपाली समय अनुसार बिहान ७ः१५ बजेबाट सुरू हुने खेल पानी परेपछि रोकिएको हो । एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सुरूका दुई खेलमा पराजित भएपछि घरेलु टोलीलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ ।

एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई आज मलेसियाविरुद्ध कुनै पनि हालतमा जित्नै पर्ने दबाब छ । यदि पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप यात्रा टुंगिने छ । अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल अघिल्ला दुई मध्ये एकमा जित हात पारेको घरेलु टोलीसँग सामना गर्न लागेको छ ।

राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको विजेताले एसिया कपको टिकट काट्ने छ । अघिल्ला दुई खेलको लगातार हारले नेपालको शीर्ष दुई सम्भावना कमजोर बनेको छ । यद्यपी नेपाललाई आफ्नो लक्ष्य प्राप्तिको सम्भावना कायम राख्न बाँकी तीन खेलमा शतप्रतिशत नतिजा निकाल्नुपर्ने भएको छ । र अरू खेल पनि आफू अनुकुल हुनुपर्छ ।

घरेलु टोली मलेसियाविरुद्ध जित निकाल्न नेपाललाई सहज नभए पनि पहिलो खेलमै हङकङलाई हराएर आफूलाई दाबेदारी प्रस्तुत गरेको मलेसियासँगको पछिल्लो पाँच भेटमा नेपालले हार बेहोर्नु परेको छैन ।