काठमाडौं– काँग्रेस पूर्नजागरणका लागि नेपाली काँग्रेसका प्रभावशाली नेता अफ्ताभ आलमले नेतृत्व लिएका छन् ।


ADVERTISEMENT


महामन्त्री शशाँक कोईरालालाई पुनर्जागरणको अभियानमा उपस्थित गराउँदै रौतहट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद आलमले काँग्रेसलाई पुरानै अवस्थामा फर्काउन भन्दै अगुवाई गरेका हुन् ।


ADVERTISEMENT

# # #


स्मरण रहोस् शशाँक बीपी कोईरालाका छोरा हुन भने आलम शेख ल्याकत र शेख ईद्रिसका सन्तान हुन् । दुबै नेताले काँग्रेसका पक्षमा जनता हिजो पनि भएको, आज पनि भएको र भोलि पनि रहिरने ठोकुवा गरेका छन् ।

पुनर्जागरणको अभियानमा होमिन नेताहरुले सबैलाई आह्वान गरेका छन् रौतहट तथा सर्लाहीमा भएको काँग्रेस पुनर्जागरण अभियानमा हजारौँ काँग्रेस कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

पुनर्जागरणका लागि अगुवाई लिनका लागि उपर्युक्त नेताको खोजि भईरहेको बेला ४ पटक सम्म प्रत्यक्ष निर्वाचित, पूर्वमन्त्री तथा शेख ल्याकत र शेख ईद्रिशका सन्तान आलमको सक्रियताले काँग्रेसमा नयाँ रक्तसञ्चार भएको कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।