काठमाडौं– एसिया कप छनोटमा हङकङविरुद्ध निकै खराब सुरुवात गरेको नेपालले सातौं विकेट गुमाएको छ । २४ औं ओभरको पाँचौ बलमा सोमपाल आउट भए, जतिबेला टिमको स्कोर मात्र ५८ रन छ ।


ADVERTISEMENT


क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालको सुरुवात निकै खराब रह्यो । नेपालका ओपनर सुवास खकुरेल शुन्यमै आउट भएका छन् । तेस्रो नम्बरमा कप्तान पारस खड्का आफैं आएका थिए तर, उनी पनि अनिलकुमार साहसँग २२ रनको साझेदारी गर्दै आउट भएका छन् । आठौं ओभरको अन्तिम बलमा आउट भएका उनले मात्र १४ रन बनाए ।


ADVERTISEMENT

# # #


ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिल १५ र ज्ञानेन्द्र १२ रनमा आउट भएका हुन् । थप छ रन जोड्दा दीपेन्द्र व्यक्तिगत २ रनमा आउट भए ।

लगतै सागर पुन र सोमपाल कामी आउट भए ।

शीर्ष दुईमा पर्ने झिनो आश बोकेको नेपालको टोलीमा ललितनारायण राजवंशी छन् भने करण केसी परेका छैनन् ।

शीर्ष दुईमा पर्न नेपालले हङकङलाई भारी अन्तरले हराउनुका साथै ओमानले यूएईलाई पनि त्यसरी नै हराउनुपर्छ ।