काठमाडौं–केही समयदेखि बन्द भएका नेपाल टेलिभजनबाट प्रशारित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ यो साताबाट नै सुरू हुने भएका छन् ।


ADVERTISEMENT


मिडिया हब र नेपाल टेलिभिजनसँगको तीन वर्षे सम्झौता सकिएकाले सबै टेलिश्रृंखला केही समयदेखि बन्द भएका थिए । अहिले फेरि एक वर्षका लागि नयाँ सम्झौता थपिए लगत्तै यी टेलिश्रृंखला सुरू हुने भएका छन् । ‘जिरे खुर्सानी’ बिहिबार र ‘भद्रगोल’ शुक्रबारबाट प्रशारण हुनेछन् ।


ADVERTISEMENT

# # #


‘जिरे खुर्सानी’ बाट जितु नेपाल पहिल्यै अलग भइसकेका छन् भने भद्रगोलमा भने अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ सहितको पुरानै टिम रहनेछ ।

मेरी बास्सै,जिरे खुर्सानी,भद्रगोल जस्ता हास्य टेलिश्रृंखला पछिल्लो समय दर्शहरूले निकै रूचाइरहेका छन् ।