बाजुरा– बाजुराका दुर्गम विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ ।


ADVERTISEMENT


जिल्लाका २५ वटा विद्यालयका एकहजार दुईसय ७३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हालै सोलार टुकी वितरण गरिएको जिल्ला समन्वय समितिअन्तर्गत जिल्ला वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा, बाजुराले जनाएको छ ।


ADVERTISEMENT

# # #


नौवटा स्थानीय तहमा रहेका साविकका उत्तरी भेगमा पर्ने विच्छ्या, रुगिन, जुकोट, वाई, बाँधु गाविसमा रहेका विद्यालयका विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ ।

यसैगरी, दहकोट, आटिचौर, मार्र्तडी, काँडा र जयबागेश्वरीका गाविसका विद्यार्थीलाई सोलार टुकी वितरण गरेको जिल्ला वातावरण ऊर्जाका प्रमुख इन्जिनियर तालबहादुर रावतले जानकारी दिएका छन्।

जिल्लाका दुर्गम गाविसमा विद्युत् नहुँदा पढाइमा समस्या भएकाले सोलार टुकी वितरण गरिएको हो । वर्षौंदेखि दियालो र सल्लाको रुखको झरो बाल्दै आएका विद्यार्थीले अब भने उन्मुक्ति पाउने भएका छन् । रावतले जिल्लामा हुने एसइई परीक्षामा संलग्न विद्यार्थीलाई बढी प्राथमिकता दिइएको बताए।

जिल्लाका जेहेन्दार र गरिब विद्यार्थीलाई विद्यालयको सिफारिसमा सोलार टुकी दिइएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताए ।