काठमाडौँ– असार १४ मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट र मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको नाम टुङगो लगाउन काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिसहित शीर्ष नेताको बैठक बसिरहेको छ ।


ADVERTISEMENT


पार्टी कार्यलय सानेपामा नौ बजेबाट सुरु भएको बैठकमा निर्वाचन हुन बाँकी महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवारको टुङ्गो लगाउन प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा विवादित स्थानका उम्मेदवारबारे छलफल भइरहेको काङ्ग्रेस नेताहरुले जनाएका छन् । नेपाली काङ्ग्रेसका अधिकांश स्थानमा स्थानीय तहमा भएको उम्मेदवारी चयनमा असन्तुष्टि बढेपछि विवादिन स्थानका उम्मेदवारको नाम केन्द्रमा पठाइएको थियो ।

यसैवीच आजको बैठकमा सरकार गठनका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ । सरकार गठनमा सभापति देउवाले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल समूहले हिजै असन्तुष्टी जनाउदै बहिष्कार गर्ने बताएको थियो ।

पौडेल समुहको छुट्टै भेला बसेर बहिष्कार गर्ने निर्णय गरेलगत्तै शेरबहादुर देउवाले पौडेललाई फोन गरेर सपथ ग्रहण समारोहमा सहभागी बन्न आग्रह गरेपछि पौडेल शीतलनिवास पुगेका थिए ।

यसैबीच काङ्ग्रेसको पौडेल समूहले काङ्ग्रेसले पाउने आठ मन्त्रालयमध्ये चार वटा आफ्नो समूहले पाउनुपर्ने अडान राखे पनि देउवाले तीनवटा मन्त्रालयमात्रै दिने तयारी गरेको छ ।