एजेन्सी– अमेजन एक ट्रिलियन डलर (१० खर्ब) मार्केट क्याप भएको अमेरिकाको दोस्रो तथा विश्वको तेस्रो कम्पनी बनेको छ ।


ADVERTISEMENT


मंगलबार कम्पनीको सेयर २ प्रतिशतले बढेर २०५०.५० डलर पुग्यो । यो सँगै कम्पनीको मूल्यमा पनि बृद्धि भयो ।


ADVERTISEMENT

# # #


एप्पल गत अगस्तमा १ ट्रिलियन डलरको पहिलो अमेरकी कम्पनी बनेको थियो । यसअघि सन् २००७ मा शंघाईको सेयरमा बजारमा पेट्रोचाइनाको बजार मूल्य यस स्तरमा पुगेको थियो ।

तर, कारोबार खतम हुँदा यो कम्पनीको मूल्य एक ट्रिलियन डलरभन्दा कम भइसकेको थियो ।

विश्वको शीर्ष तीन मार्केट क्याप भएका कम्पनी
१. एप्पल – १०९९ अर्ब डलर

२. अमेजन – १००० अर्ब डलर

३. माइक्रोसफ्ट – ८५६ डलर

पछिल्लो १२ महिनामा अमेजनको सेयरले १०८ प्रतिशत रिर्टन दियो । यस वर्ष जनवरीदेखि अहिलेसम्म कम्पनीको सेयरमा ७४ प्रतिशतले बृद्धि भएको छ । पछिल्लो तीन महिनामा लगानीकर्तालाई २० प्रतिशत तथा एक महिनामा १२ प्रतिशत फाइदा दियो ।

२१ वर्षमा सेयरको मूल्य ११४ गुणा
सन् १९९७ मे १५ मा अमेजन १८ डलर मूल्यसहित सूचीकृत भएको थियो । मंगलबार यसको मूल्य २०५० पुगेको छ । आइपिओमा १ हजार डलर लगानी गर्नेले अब १३ लाख ४१ हजार डलरभन्दा बढी पाउनेछन् ।

१४ मे, १९९७ – सेयर मूल्य १८ डलर
२३ अक्टोबर, २००९ – सेयर मूल्य १०० डलर
२७ अक्टोबर, २०१७ – सेयर मूल्य १००० डलर
३० अगस्त, २०१८ – सेयर मूल्य २००० डलर

अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोस लामो समयदेखि विश्वकको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा रहेका छन् । ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार बेजोसको सम्पतिमा ६६.५ अर्ब डलरको बृद्धि भएको छ । बिलेनियर इन्डेक्समा ९८.१ अर्ब डलरसहित बिल गेट्स दोस्रो स्थानमा रहेका छन् ।