काठमाडौं– मन्त्री हेरफेरको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।


ADVERTISEMENT


संघीय मन्त्रीहरुको कामका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको नेकपाले जनाएको छ । पछिल्लो समय सरकारले उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना बढ्दै गएको छ । अध्यक्षद्वयबीच सरकारको काम कारवाही प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पार्टीका तल्लो तह एकीकरण तथा सरकारका विषयमा समेत दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ । ओली र दाहालबीच हिजो पनि छलफल भएको थियो ।