काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।


ADVERTISEMENT


संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।


ADVERTISEMENT

# # #


घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए । तत्कालीन प्रमुख आयुक्त दिप बस्न्यातलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेपछि घिमिरे कार्यवाहक थिए ।