काठमाडौ‌ँ– साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपाल आज भुटान सँग खेल्दैछ । पहिलो खेलमा अन्तिम मिनेट सम्हालिन नसक्दा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाल भुटानविरुद्धको खेलमा जित्नै पर्ने दबावमा छ ।


ADVERTISEMENT


भुटानसँगको खेलमा जित हात पारे नेपालको नकआउट चरणको सम्भावना कायमै रहनेछ । पहिलो खेलबाट पाकिस्तान र आयोजक बंगलादेशले ३–३ अंक जोडेका कारण भुटानसँग ३ अंक खोस्न सकेको खण्डमा नेपालको सम्भावना जीवितै रहनेछ । भुटानविरुद्धको खेल नेपालका लागि आज ‘गर या मर’को अवस्थामा रहनेछ ।


ADVERTISEMENT

# # #


नेपाली प्रशिक्षक बालगोपाल महर्जन पनि भुटानविरुद्धको खेलमा जित हात पार्नेमा आशावादी छन् । प्रशिक्षक महर्जनले पाकिस्तानविरुद्धको खेल नेपालको पक्षमा अन्तिम समयमा सम्हालिन नसक्दा पराजय ब्यहोरेको प्रतिक्रिया दिए ।

भुटानविरुद्धको खेलमा केही परिवर्तन हुन सक्ने प्रशिक्षक महर्जनको भनाई छ । आक्रामक फुटबल खेल्ने र जितका लागि खेल्ने प्रशिक्षक महर्जनले बताएका छन् । भुटानविरुद्ध मैदानमा उत्रिएमा कप्तान विराज महर्जन नेपाली फुटबल इतिहासको सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बन्नेछन् । बंगलादेशविरुद्धको खेलमा ६८ क्याप जितेका विराजले राजुकाजी शाक्यलाई पछिपार्दै सर्वाधिक क्याप जित्ने नेपाली नेपाली फुटबलर बन्नेछन् ।

इतिहास हेर्ने हो भने नेपाल अहिले सम्म भुटानसँग पराजित भएको छैन । नेपाल र भुटानले अहिले सम्म १२ खेलमा प्रतिस्पर्धा गरेका छन्, जसमा नेपाल १२ खेलमै बिजयी भएको छ । साफ च्याम्पियनसिपमा पनि नेपालले भुटानलाई दुई भेटमा दुबैमा निराश बनाएको छ । तर, पछिल्लो समय घरेलु फुटबलमा निकै सुधार गरेको भुटानले आकर्षक फुटबलको नमुना प्रस्तुत गर्न थालेको छ ।