पोखरा– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासले मात्र देश समृद्धितर्फ अग्रसर हुने बताएका छन् ।


ADVERTISEMENT


लेखनाथ रङ्गशालामा बुधबारबाट शुरु भएको ऋद्धिसिद्धि सिमेन्ट २४औँ आदर्श फुटबल कपको उद्घाटनपछि उनले समृद्धिको लक्ष्य प्राप्तिका लागि खेलकूदको विकासलाई पनि सँगसँगै लग्नुपर्नेमा जोड दिए । उनले मानिस स्वस्थ रहनका लागि खेलकूद अनिवार्य भएकाले सरकार अब खेलकूदमा आमूल परिवर्तन हुने खालका योजना लिएर अगाडि बढेको जानकारी गराए ।


ADVERTISEMENT

# # #


उनले खेलको माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पनि सजिलो हुने भएकाले पोखरालाई खेलकूदको हवका रुपमा विकास गराउन सकिने सम्भावना रहेको उल्लेख गरेका छन् ।

सो अवसरमा प्रदेश सभासद् दीपक कोइरालाले लेखनाथ रङ्गशालाको स्तरोन्नति गरी क्षेत्रीयस्तरको रङ्गशाला बनाउनुपर्ने आवश्यकता औँल्याए । भदौ २७ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले भाग लिएका छन् ।