काठमाडौं– अहिले बजारमा नयाँ–नयाँ तीज गीत आइरहेका छन् । चोक, पसल, घर, कार्यालय, गाडी हरेक ठाउँमा तीज गीत घन्किरहेका छन्। तीजका अधिकांश गीतमा माया, प्रेम, धर्म, संस्कार र परम्परालाई रमाइलो ढंगले प्रस्तुत गरिन्छ ।


ADVERTISEMENT


तर पछिल्लो समय ह्रस्व, दीर्घ सिकाउने तीज गीत बजारमा आएको छ । नेपाली हिन्दु नारीहरूको विशेष पर्व तीजको लयमा आएको यो गीत निकै भाइरल हुदै गएको छ ।


ADVERTISEMENT

# # #


स्कुले बालबालिकाहरुले गीत गुनगुनाउँदै नाचिरहेका गीत र भिडियोलाई सबैले रुचाएका छन् । काठमाडौंको शंकमुलस्थित अवार्नेस इन्टरनेसनल एकेडेमी स्कुलका विद्यार्थीहरूले गाएको तीज गीतको भिडियो निकै ज्ञानबर्धक रहेको छ ।

विद्यालयका प्रबन्ध निर्देशकसमेत रहेका नेपाली शिक्षक विमल घिमिरेले रचना गरेको उक्त गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’का नियमबारे सिकाइएका छन् । विद्यालयभित्रकै संगीत, नृत्य शिक्षक र विद्यार्थीको मेहनतमा गीतको भिडियोसमेत बनेको छ ।

‘साधरण नियम यो सुरूको र बीचको

ह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरिलै‘

हात्ती, स्वामी, खसी, सम्धी चारवटा अपवाद

पुलिंगी नाम आए, ह्रस्व घुमाऊ हात‘ ’

बोलको गीत उनीहरूले गाएका हुन् । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशकसमेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय र शारदा पराजुलीको आवाजमा तयार पारिएको गीतमा ह्रस्व दीर्घका नियमलाई तीज गीतको लयमा प्रस्तुत गरिएको छ ।

हेर्नुहोस भिडियोमा: