काठमाडौ– “योर वल्र्ड, योर भ्वाइस” भन्ने नारा साथ स्मार्ट, टेलिकम्युनिकेशन कम्पनी नयाँ ब्राण्डिङ्गका साथ प्रस्तुत भएको छ । नयाँ ब्राण्डिङ्गअन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ । यस अघि “स्मार्ट सेल”का रुपमा परिचित भएकोमा अब “स्मार्ट”का रुपमा प्रस्तुत हुने कम्पनीले बताएको छ ।


ADVERTISEMENT


यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसित गर्ने छ “स्मार्ट सेल” भन्दा जुन दायराको अनुभुति हुन्थ्यो त्यसलाई स्मार्टले अझ बढी फराकिलो तुल्याउने छ भन्ने विश्वासका साथ“स्मार्ट सेल”बाट “स्मार्ट”भनी रि-ब्राण्डिङ गरिएको कम्पनीको भनाइ रहेको छ । “स्मार्ट सेलको सेल र ‘फोर जी’ले सेवाग्राहीलाई निश्चित सीमामा सीमा बद्ध गरेको थियो” स्मार्टका आधिकारिक व्यक्तिले बताए ।


ADVERTISEMENT

# # #


कम्पनीले नयाँ योजना तथा सेवाहरु प्रस्तुत गरेको सन्दर्भमा यो रिव्रान्डिक गरेको हो । स्मार्टले रिब्रान्डिङ्गको साथ “इट्स फ्रिडम” भन्ने नयाँ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत रु. ९९ मा सिमकार्ड खरिद गरी रु. ५० को मेन ब्यालेन्स, २०० एम बि डाटा, १० मिनेट टकटाइम र १० एस एम एस प्राप्त हनेछ । साथै, रिचार्जमा डाटा, भ्वाइस, एस एम एस माअतिरिक्त सुविधाहरु प्राप्तगर्न सकिने कम्पनीको भनाई छ ।

न्यूनतम शूल्कमा डाटा, भ्वाइस, एसएम एस र अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधापनि यो योजनामा समावेश गरिएको छ । अन्य जानकारी १४१ डायल गरी वाधधध।कmबचततभ।िअयm।लउबाट पनि प्राप्त गर्न सकिने कम्पनीले जनाइएको छ ।

स्मार्टकोबारेमा

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट सेलको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ ।

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ माएकीकृत इजाजत (युनिफाइड लाइसेन्स) प्राप्त गरेको छ । स्मार्ट टेलिकम प्रा.लिले आफ्नो नेटवर्कलाई क्रमशः नेपालअधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामाकम्पनीले आफ्नो फोर जि सेवा काठमाडांै, ललितपुर, भक्तपुर तथापोखरामाप्रदानगरिसकेको छ ।