काठमाडौं– योग्य कर्मचारी नभएको भन्दै सरकारले यो बर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न नसकेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।


ADVERTISEMENT


नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको समाचार अनुसार, सरकारले हरेक बर्ष भदौ २२ लाई निजमती सेवा दिवसका रुपमा मनाउने गरेको छ ।


ADVERTISEMENT

# # #


दिवसका अवसरमा सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको जानकारी समाचारमा उल्लेख गरिएको छ ।

पुरस्कार पाउने कर्मचारी भेटिएन शिर्षका छापिएको समाचारमा भनिएको छ, तर अघिल्ला बर्ष जस्तै यस बर्ष पनि सरकारले उत्कृष्ट कर्मचारी छनोट गर्न सकेन ।

दुई बर्ष अघि तत्कालीन अर्थसचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिएयता कुनै पनि कर्मचारीलाई सो पुरस्कार दिइएको छैन ।