काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्व परेको उजुरी माथी आगामी सोमवार सुनुवाई हुने भएको छ । मिश्र विरुद्व परेको उजुरीमाथी सोमबार बिहान ९ बजेबाट सुनुवाई हुने भएको छ ।


ADVERTISEMENT


उजुरी कर्ताहरुलाई आइतबार सिंहदरबार वोलाइएको छ । उजुरीका लागि दिइएको १० दिन मध्ये वुधवार अन्तिम समयसम्म मिश्रलाई अनुमोदन गर्न नहुने दाबीसहित चारवटा उजुरी दर्ता भएको थियो । मिश्र बिरुद्ध परेका चार वटा उजुरी मध्ये एक जना उजुरीकर्ताले उजुरी फिर्ता लिएको समितीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मिश्रविरुद्ध ऐनसेलको मुद्दामा राज्यलाई करोडौं घाटा हुने गरी पैसा विदेश लैजान अन्तरिम आदेश दिएको, सूर्य नेपालको मुद्दामा कर छली गर्न आदेश मार्फत सहयोग गरेको, हाँडीगाउँको सार्वजनिक जग्गा व्यक्तिका नाउमा नामसारी गर्न बाटो खोलिदिएको, विभिन्न मुद्दामा पैसा लिएर अभियुक्तलाई छाडेको लगायतका उजुरी परेका छन् । – आजको नेपाल समाचारपत्रबाट