काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध मोर्चाबन्दी सुरु भएको छ । सभापति देउवातिरका काँग्रेस नेताहरु छुट्टै छलफलमा जुटेका छन् ।


ADVERTISEMENT


महासमिति बैठक नजिकिदै जाँदा काँग्रेसभित्रको गुटको समस्या बढ्दै गएको छ । अलगै छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र डाक्टर रामशण महत अलगै छलफलमा जुटे । अर्का नेता डाक्टर शेखर कोइराला पनि देउवाविरुद्धको मोर्चामा रहे पनि त्यो गोप्य छलफलमा सहभागी नभएको बताइएको छ । यसअघि भएको मोर्चाबन्दीलाई निरन्तरता दिँदै महाधिवेशनसम्म अघि बढ्ने निर्णयसमेत गरेको स्रोतले बताएको छ ।


ADVERTISEMENT

# # #


गोप्यभेलामा भएको बैठकमा विशेष गरेर सभापतिको आलोचना भएको बताइएको छ । सभापति देउवाले पार्टीको गुट मात्र चलाउन खोजेको भन्दै त्यसको विरुद्ध अघि बढ्न साझा धारण तय गर्ने निर्णय भएको स्रोतले बताएको छ । मंसिरमा हुने महासमिति बैठकमा देउवाविरुद्ध कसरी अघि बढ्न सकिन्छ भन्ने पनि छलफल गरेको बताइएको छ ।