काठमाडौँ– नेपाल सरकारका धेरै कर्मचारीलाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको पाइएको छ । निजामती सेवा दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिंहदरबार परिसरमा गरेको स्वास्थ्य शिविरमा मधुमेहका २० जना नयाँ रोगी देखा परेका छन् । यस्तै उच्च रक्तचापका ३० जना नयाँ रोगी देखा परेका थिए ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबार हेल्थ डेक्स प्रमुख दीपक मुडभरीले बिहीबार र शुक्रबार भएको स्वास्थ्य शिविरमा २६० जना कर्मचारीले स्वास्थ्य परीक्षण गराएको जानकारी दिँदै मधुमेह र उच्च रक्तचापका मात्रै ५० जना बिरामी देखिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


सिंहदरबार परिसरभित्रका कर्मचारीमा उच्च रक्तचाप र मधुमेह ,टाउको दुख्ने ,ग्यास्टिक र ढाड दुख्ने प्रमुख समस्या देखिएको थियो । उक्त स्वास्थ्य शिविरमा १३० जनाको मुटुको ईको र १६२ जनाको ईसीजी गरिएको थियो । – आजको गोरखापत्र दैनिकबाट