इनरुवा– ६७ लाखको लागतमा सुनसरीको इनरुवा नगरपालिका–९ बबिया र भोक्राहा नरसिंह गाउँपालिका–५ वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ ।


ADVERTISEMENT


इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न दातृ निकायको आर्थिक तथा जिन्सी सहयोग र जनश्रमदानबाट रु ६७ लाख ४८ हजार ४४४ को लागतमा पुल निर्माण सम्पन्न भएको बबिया ढिक झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला समन्वय समिति जिल्ला प्राविधिक कार्यालय सुनसरीबाट रु दुई लाख २८ हजार ५०७, इनरुवा नगरपालिका र भोक्राहा नरसिह गाउँपालिकाबाट रु एक लाख ७६ हजार ३९८, जनश्रमदानबाट रु एक लाख ३४ हजार ९६८, स्वीप केन्द्रको रु ५७ लाख ६२ हजार ८९०, टिबीएसयु (तदकग)को रु चार लाख ४५ हजार ६६८ तथा पुलको लट्ठा तथा बोल्ड ग्रिप गरी जम्मा रु ६७ लाख ४८ हजारको लागतमा पुल निर्माण सम्पन्न भएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिएका छन् ।

पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । त्यो ठाउँमा पुल नहुँदा घुमेर जानुपर्ने बाध्यता रहेकोमा अब पुल निर्माण भएपछि सहज भएको स्थानीयको भनाइ छ । रासस