ढाका– ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार भएको साफ च्याम्पियनसिप खेलमा नेपालले बंगलादेशलार्इ दुर्इ गोलले हराएर समूह विजेता बन्दै सेमिफाइन पुगेको छ ।


ADVERTISEMENT


पहिलो हाफको ३३ औँ मिनेटमा नेपालले पाएको फ्री किकको अवसरलार्इ फरवार्ड विमल घर्ती मगरले सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । दोस्रो हाफको ९० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित बनाएका थिए ।


ADVERTISEMENT

# # #


बंगलादेशलार्इ २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेपछि फाइनलमा भारतलाई हराएर साफ सुजुकी कपको उपाधि भित्र्याउन आतुर रहेको नेपालका स्ट्राइकर विमल घर्ती मगरले बताएका छन् । ब‍ंगबन्धु रंगशलामा भएको खेलपछि उनले प्रतिक्रिया दिने क्रममा फाइनलमा भारतलाई हराएर साफ सुजुकी कपको उपाधि भित्र्याउन आतुर रहेको बताएका हुन् ।

पत्रकारहरूले सेमिफाइलनमा मालदिभ्स कि भारत आओस् भन्ने चाहना राख्नुभएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘सेमिफाइनलमा मालदिभ्सै आओस् भन्ने चाहन्छु । किन की भारतसँग चाहिँ फाइनलै लडेर विजेता बन्ने इच्छा छ’ उनले थपे ‘मेरो मात्रै हो इच्छा होइन सबै नेपालीहरूको नै भारतलाई जितेर विजेता बन्ने इच्छा छ ।’

विमलले नेपाल च्याम्पियन बन्न तयार भएको पनि बताएका छन् उनले भने, ‘हामी ट्रफीको नजिक पुगिसकेका छौँ । त्यसैले हामी भारतलाई फाइनलमै हराउन चाहन्छौँ ।’

प्रत्येक खेलमा एकपछि अर्को सुधार भइरहेकाले आफूहरू सफल हुने उनले बताए । ‘प्रशिक्षकले पनि टिमवर्कमा जोड दिएकाले हामीले आज पनि टिम गेम खेल्यौ’, उनले भने, ‘हामीले यही गतिलाई कायम गर्दै फाइनलमा पुगेर उपाधि उचाल्न चाहन्छौँ ।’