एजेन्सी– सामान्यतया हरेक मान्छेलार्इ दुब्लाउने नै चाहाना हुन्छ । शरीर भद्दा भएर उनीहरू चिन्तीत रहन्छन् भने कसैलार्इ मोटाउने चाहाना हुन्छ । अति नै दुब्लो शरीरहुनेलार्इ पनि चिन्ता नै हुन्छ, कसरी मोटाउने भन्ने ।


ADVERTISEMENT


धेरै तौल भएका मानिसहरुमा निराशा रहेको हुन्छ । त्यसैले उनीहरुले डाइटिङ (खाना नियन्त्रण)को लागि धेरै उपायहरु अपनाउने गर्छन् । तर धेरैलाई थाहा नभएको पनि हुन्छ, अत्यधिक मोटोले सताइरहेको मानिसले यी छ चिज खाँदा पनि शरीरको तौल घट्छ ।


ADVERTISEMENT

# # #


१. पालकः पालक अर्थात् पालुंगोमा भिटामिन ए, के, सी, ईका साथै क्याल्सियम र कम क्यालोरी हुन्छ । त्यसैले यसलाई ठीक मात्रामा खान सकिन्छ । पालकमा थायलाकाइड्स नामको ग्रिन लिफ मेंबरेन हुन्छ। जो ४३ प्रतिशत तौल कम गर्ने मद्दत गर्दछ ।

२. मशरुम(च्याउ)ः मशरुम तौल घटाउनका लागि राम्रो फुड आइटमको रुपमा लिइन्छ । किनभने यसमा फाइबर धेरै मात्रामा हुन्छ । यो थोरै खाँदा पनि धेरै एनर्जी हुन्छ र छिटो भोक पनि लाग्दैन ।

३. डार्क चक्लेटः यसमा कोको पाउडरमा फ्लेवनाइड्स र पालीफिनाल्स तत्व हुन्छ । डार्क चक्लेट खानाले बीएमआई घट्छ । र सिधा असर तौलमा पर्छ ताकी बढ्ने तौलको कम गर्ने मद्दत गर्दछ ।

४. गाँजरः तौल कम गर्नेका लागि गाँजर पनि एक फुड आइटम हो । गाँजरमा बिटा कैरोटिन र फाइबर कन्टेन धेरै मात्रामा हुन्छ ।

५. एवाकाडोः एवाकाडोमा मोनोस्याचुरेटेड फैटी एसिड्स पोटेसियम डाइटरी फाइबर र अन्य तत्व हुन्छ । यस म्याक्सिकन फ्रुटको नियमित सही मात्रामा खानाले धेरै तौल घटाउन सकिन्छ ।

६. बिन्सः बिन्समा फाइबरको मात्रा अत्यधिक हुन्छ, त्यसैले लामो समयसँग भोक लाग्दैन र लामो समयसम्म एनर्जेटिक रहन्छ ।