काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT


प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल हुने छ । तल्ला तहका एकता प्रक्रिया टुङ्ग्याउन बैठक बस्न लगेको हो । प्रवक्ता श्रेष्ठले भने, ‘‘बैठकमा पार्टीलाई बुझाइएको प्रतिवेदनका बारेमा छलफल हुन्छ । ती प्रतिवेदन हेरी एकताका लागि निर्णयसमेत गर्दै जानेछौँ ।’’


ADVERTISEMENT

# # #


सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार छलफल भएको थियो ।