काठमाडौँ– भारतमा जारी चौकाणात्मक एकदिवसीय यु–१९ सिरिज अन्तर्गत भारत यू १९ ‘बी’ ले नेपाल यु–१९ लाई १६२ रनको चुनौति पेश गरेको छ ।


ADVERTISEMENT


भारतको लखनउस्थिित एकना अन्तराष्ट्रिय मैदान ‘बी’ मा टस हारेर ब्याटिङ थालेको भारत यु–१९ ‘बी’ ले ४९ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन मात्रै बनाउन सक्यो । उसका लागि ओपनर ब्याट्समेन क्वामरन इक्वालले ५० रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् ।


ADVERTISEMENT

# # #


पवन सर्राफको बलमा बोल्ड हुनुअघि उनले ५६ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै रिसभ चौहानले १९ रन बनाउँदा कप्तान भेदान्छ मुर्कार, सहिल राज, सुभाङ्ग हेग्देले समान १२ १२ रन बनाए ।

यता नेपालका लागि कमल सिंह ऐरीले ३ तथा पवन सर्राफले २ विकेट लिए । यस्तै सागर ढकाल, किशोर महतो र सम्साद आलमले समान ११ विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्दैछ ।