काठमाडौँ– नेपाली  र्‍यापर आशिष राना ‘लाहुरे’ र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकारहरु ‘डिप्लो’ र ‘मो’ सँग सहकार्य गराई टुबोर्गले टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ र डेनमार्कका लोक प्रियकलाकार, ‘मो’ तथा लाउरे र बिपुलको सहकार्यमा ‘स्टे ओपन’ नामक ट्र«याक रचना भएकोछ भने स्थानीय नेपाली संस्करणको लागि लाउरे र बिपुलले उनीहरुको लागि ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै उक्त गीतमा शब्दहरु पूनःलेखन गरेका छन् । केहीमहिना सम्म स्टुडियोमा एक अर्काको विचार र धारणाहरु साटासाट गरेपछि, टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT

# # #


उक्त भिडियोले एउटा विश्वव्यापी टुबोर्ग ओपन प्ल्याट्फर्मसँग विश्वव्यापी र स्थानिय कलाकारहरुलाई मिलाई उनीहरुको विचार र धारणाहरु झल्काउँछ । यस सहकार्यले संगीतको कुनै सीमा हुँदैन र संगीतले सीमा भन्दाबाहिर रहेको सिर्जनात्मक विचारहरुलाई ल्याई सोच्न सहयोग पु¥याँउछ भन्ने कुरा प्रमाणित गर्ने टुवोर्गले बताएको छ ।

यस वर्षको अभियानबारे बोल्दै, डिप्लोले भने, “टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु ।” डेनिस गायक तथा गीतकार, ‘मो’ पनि विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन् ,  “मेरो लागि तयार भएको ट्र«याक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीहरुको बारेमा खुल्ला रुपले साेंच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरु, कहिले–काही राम्रो सँग मिल्न जान्छ, सुरुमा आफुसँग भएको ट्र«याक पूर्ण रुपले फरक हुने हुँदा निकै उत्साहित छु ।”

आफ्नोउत्सुक्ताव्यक्तगर्दैलाउरेले भने, “टुवोर्गले सधैं नेपालमा सांगीतिक कार्यक्रमहरु गरिरहेको छ र मैले उहाँहरुसँग केही स्थानीय कार्यक्रमहरुमा काम गरेको छु । यस पटक टुबोर्ग ओपन ले विश्वभरको सांगीतकारहरुलाई एउटा ओपन अन्तर्राष्ट्रि«य मञ्चमा ल्याएको छ । टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुल सँग काम गर्न पाउँदा भाग्यशाली र उत्साहित भएको महसुस गरिरहेको छु ।”

यस्तै बिपुल चर्चा कमाएका विश्वव्यापी कलाकारसंग काम गर्न पाउँदा खुसी लागेको बताए । भिडियोको बारेमा बोल्दै उनले थपे, “मैले पहिलो पटक अरु कलाकारहरुसँग मिलिम्युजिक भिडियोको लागि काम गरेको हुँ र म भिडियो बनाउँदा लाग्ने मेहेनत देखेर अच्चमित छु । यस भिडियोको संलग्न सबै जनालाई बधाई दिन चाहन्छु ।”

गोर्खा ब्रुअरी प्रा.ली. का मार्केटिङ डाईरेक्टर, बैभबशर्माले अन्तर्राष्ट्रि«य कलाकार ‘डिप्लोे’ र ‘मो’लाई यहाँका स्थानिय कलाकार ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’सँग सहकार्यको लागि घोषणा गर्न पाउँदा उत्साहित भएको बताए ।

उक्त विश्वव्यापी ट्र«याक ११ मे २०१८ मा प्रदर्शनी भएको थियो भने यसको लगतै जुनबाट लिरिक्स भिडियो पनि प्रदर्शनी भएको थियो । अभियान अन्–प्याड र डिजिटल का साथ चल्नेछ र वर्षको पछि डिप्लो र मो तथा स्थानिय कलाकारहरुको साथ लाईभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गरिनेछ ।

भिडियो हेर्नुस् :