बारा– बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ । पावरवानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो ।


ADVERTISEMENT


स्थानीइ गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीर घाईते भएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुको उपचार पर्साको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा भईरहेको छ । सुमनको सघन उपचार कक्षमा तथा उमेद र अचाकाशको जनरल वार्डमा उपचार भईरहेको छ ।

स्थानीय दलितका अनुसार घटना चार दिनअघिको करिमन रामका सानो छोरा बदरीले वस्तीनजिकै रहेको मन्दिरको धारामा गएर पानी खाएका थिए । त्यसपछि मन्दिरका बाबा रामदयाल यादवले अछुत जात भएर धारा छोएको भन्दै बदरीलाई बेस्सरी कुटे ।

त्यसको विरोध गर्दा बाबा यादव र दीपका यादवको अगुवाईमा आफुहरुमाथि आक्रमण भएको उपचारत उमेदले बताए । – आजको नागरिक दैनिकबाट