एजेन्सी– चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईले मोबाइल फोनमा नयाँ प्रविधि ल्याउने भएको छ । पट्याएर गोजीमा राख्न मिल्ने नयाँ स्मार्ट फोन ल्याउने तयारीमा रहेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


कम्पनीका प्रमुख कार्यकारी अधिकारी रिचार्ड युले बताएअनुसार यो फोन बजारमा आउन १ वर्ष लाग्नेछ । हाल उक्त पट्याउन मिल्ने फोनको निर्माण प्रक्रियामा काम भइरहेको उनले जानकारी दिएका छन् । यसका लागि हुवावेर्इले प्याटेन्ट नै दर्ता गराइसकेको छ ।


ADVERTISEMENT

# # #


यस्तै, कोरियाली कम्पनी सामसुङले पनि पट्याउन मिल्ने स्मार्ट फोन ल्याउने योजना बनाइरहेको जनाएको छ । लचिलो डिस्प्ले भएको उक्त नयाँ प्रविधिको पट्याउने फोन कसले पहिला बजारमा ल्याउने भन्नेमा सामसुङ र हुवावेर्इबीच होडबाजी नै चलेको बताइन्छ ।