एजेन्सी– भारतको सर्वाधिक महँगो सिनेमा मानिएको ‘२.०’को टिजर रिलिज भएको छ । शंकर निर्देशित फिल्ममा दक्षिण भारतिय फिल्मका सुपरस्टार रजनीकान्त र अक्षयकुमारको मूख्य भूमिका रहेको छ ।


ADVERTISEMENT


फिल्म २०१०मा रिलिज भएको ‘रोबर्ट’ सिनेमाको सिक्वल हो । सार्वजनिक टिजरले फिल्म हलिउड स्तरमा बनेको देखाएको छ । दर्शकका लागि फिल्म निक्कै प्रतिक्षित मानिएको छ ।


ADVERTISEMENT

# # #


करिब ५५० करोड भारूमा निर्माण भएको सिनेमाले भारतिय वक्सअफिसमा कीर्तिमानी कमाइ गर्ने अनुमान गरिएको छ । सिेनमाको टिजर स्थानिय भारतिय समय अनुसार ९ बजे रिलिज गरिएको थियो ।

फिल्म टिजरलाई दुई घण्टाको अविधिमा झण्डै ४ लाख ८५ हजार पटक हेरिएको छ । २९ नोभेम्बरलाई रिलिज मिति तोकेको सिनेमा हिन्दी, तमिल तथा तेलेगुमा गरी एकसाथ ३ भाषामा रिलिज हुनेछ ।

यस्तो छ टिजरः