काठमाडौँ– नेपाली काँग्रेसभित्रको किचलो बढ्दै गएको छ । अनुशासन समिति गठनका लागि बोलाइएको केन्द्रीय समिति बैठक समेत स्थगित गरिएको छ ।


ADVERTISEMENT


सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच असमझदारी बढेपछि बैठक स्थगित गरेको बताइएको छ । बोलाइएको केन्द्रीय समिति बैठकमा निर्वाचन समिति, केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेण्डा समेत तय गरिएको थियो ।


ADVERTISEMENT

# # #


काँग्रेस नेताहरुका अनुसार अनुशासन समिति गठन गर्दा सबैलाई न्याय दिन सक्ने र विवेक पुर्याउन सक्ने सदस्य राख्नु पर्ने भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक अघि सहमति जुटाउन दबाब दिएका थिए । तर, सभापति देउवाले ५ सदस्यीय समिति गठन गर्ने जानकारी गराउँदै २ जनाका नाम दिन पौडेलसँग आग्रह मात्रै गरेपछि किचलो बढेको हो ।

पौडेलले अनुशासन, निर्वाचन, केन्द्रीय कार्यसम्पादन समिति र विभागहरु एकैसाथ प्याकेजमा सहमति जुटाएर निर्माण गर्न समेत प्रस्ताव गर्नुभएको बताइएको छ । देउवाको जोड भने अनुशासन समिति बनाउनेमै केन्द्रित रहेको भन्दै पौडेल पक्षले विरोध जनाएको हो ।