काठमाडौं– विभिन्न कर्मचारी संगठनले पार्टीपिच्छे कर्मचारी संगठन खोल्न पाउनुपर्ने माग गर्दै प्रस्तावित संघीय निजामती सेवाको मस्यौदा विधेयकको विरोध गरेका छन् । हालै प्रस्तावित मस्यौदा विधेयकमा राखिएको एकल ट्रेड युनियनको प्रावधानप्रति असन्तुष्टी जनाउँदै उनीहरूले कडा विरोध गरेका हुन् ।


ADVERTISEMENT


स्मरणीय छ, विद्यमान निजामती ऐनअनुसार पार्टीपिच्छे टे«ड युनियन खोल्न पाइन्छ भने प्रस्तावित मस्यौदामा एकल ट्रेड युनियन राख्ने प्रावधान र ट्रेड युनियन अधिकार नायब सुब्बासम्मका कर्मचारीलाई मात्र दिने व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त विधयेकको मस्यौदा हालै मन्त्रिपरिषद्मा पठाएको छ । सरकारले निजामती सेवा ऐन, २०४९ लाई विस्थापित गर्न संघीय निजामती सेवा ऐन, २०७५ ल्याउने तयारी गरेको हो । – आजको नेपाल समाचारपत्रबाट