काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अदालतले छोडे लगतै पुन पक्राउ परेका छन् ।


ADVERTISEMENT


शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका लागि सर्वोच्च अदालतमा हाजिर गराइएका उनलाई प्रहरीले सर्वोच्च परिसरबाट बाहिर निस्कने क्रममा पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


गत असारमा चन्दा उठाएको आरोपमा चाल्नाखेलबाट पक्राउ परेका विश्वकर्मा पटक पटक बन्दी प्रत्यक्षीकरण रिटमार्फत छुटे पनि प्रहरीले एकपछि अर्को अभियोगमा अनुसन्धान गर्ने भन्दै पक्राउ गर्दै आएको छ ।

गत शुक्रबार भोजपुरबाट दाङ लगिएका विकलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि काठमाडौं ल्याइएको थियो । विकको डायरीमा तुलसीपुरको घटनाका बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ लगिएको थियो ।

विकका विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आठ दिन म्याद तोकेको थियो, तर म्याद नसकिँदै सर्वोच्चले काठमाडौं झिकाउन पत्र काटे थियो । यसअघि ललितपुरस्थित एनसेल टावरमा आगजनी र काभ्रेस्थित एक ठेकेदार कम्पनीको डोजरमा आगजनी गरेको अभियोगमा प्रकाण्डलार्इ भदौ १ मा सर्वोच्च रिहाइको आदेश गरेलगत्तै पक्राउ गरेको थियो ।

दोस्रोपटक ७ भदौ पनि सर्वोच्चले रिहाइको आदेश गरेलगत्तै भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा काठमाडौं प्रहरी परिसरले तेस्रोपटक सोही दिन पक्राउ गरेको थियो ।