बाग्लुङ– बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने बडीगाड खोला रातिदेखि थुनिएको छ । राति करिब १२ बजेतिर ठूलो पहिरो खसेर खोला थुनिएको हो ।


ADVERTISEMENT


पहिरोका कारण वुर्तिवाङ क्षेत्र र बडीगाड खोलाको तटिय क्षेत्रमा भौति संरचनामा क्षति पुगेको छ । सडक पूरै अवरूद्ध भएको छ ।


ADVERTISEMENT

# # #


राति करिब साढे बजेतिर बडीगाड गाउँपालिका–७, तुरतुरे भन्ने स्थानमा सुख्खा पहिरो गई बडीगाड नदी थुनिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

नदी थुनिएर करिब डेढ किलोमिटर लामो र १०० मिटर गहिराईको ताल बनेको छ । ३ वटा घर र गोठमा पानी पसेको जनाइएको छ । बिहान करिब ६ बजेबाट भने थुनिएको पानी ओभरफ्लो भएर बग्न शुरु गरेको छ ।

जिल्लाका ३ वटै सुरक्षा निकाय उक्त स्थानमा परिचालित गरिएको छ ।