कञ्चनपुर– सामान्यतया अपराध अनुसन्धानको सिद्धान्तले भन्छ, अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ ।


ADVERTISEMENT


घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । हत्याराले बलात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेरै पानी जमेको उखुबारीमा घोप्टो पारेर शव फालेको हुनसक्ने एक प्रहरी अधिकारी बताउँछन् ।


ADVERTISEMENT

# # #


पानीको आहाल भएको उखुबारीमा खुट्टाको छाप पनि देखिने भएन । शव घोप्टो पारेर पानीमा डुबाइएकाले शरीरका अन्य भाग र लुगामा पाइन सक्ने रगत, रौँ, फिंगर प्रिन्ट, विर्यलगायत प्रमाण नष्ट हुन पुगे ।

शव पाइएको उखुबारीमा जान खोला तर्नुपर्ने भएकाले कुकुरले पनि पिछा गर्न जटिल हुन्छ । कुकुरले गन्ध सुँघेर दोषी पत्ता लगाउँछ । तर अपराधी खोला तरेपछि जमिनको क्रम टुट्ने भएकाले कुकुरले पिछा गर्न नसक्ने प्रहरीका एक पूर्वअधिकारी बताउँछन् ।

ती पूर्वअधिकारीका अनुसार शव खोलापारिको पानीपानी भएको उखुबारीमा लगेर फालिनुले अपराधी कसरी प्रमाण मेटाउन सकिन्छ भन्ने विषयमा जानकार भएको देखिन्छ । उनका अनुसार शव र शव पाइएको उखुबारीको प्रकृति हेर्दा अन्यत्र बलात्कारपछि हत्या गरी त्यहाँ लगेर फालेको बुझिन्छ । – आजको नागरिक दैनिकबाट