एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी यात्रा कायमै राख्दा रियल मड्रिड भने एथ्लेटिको बिल्बाओसँग बराबरीमा रोकिएको छ । शनिबार राति रियल सोसिडाडको मैदानमा १ गोलले पछि परेको वार्साले दोस्रो हाफमा २ गोल गर्दै विजयी यात्रा कायमै राखेको हो ।


ADVERTISEMENT


बार्साले रियल सोसिडाडलाई पराजित गर्दै तालिकामा १२ अंक पुर्याएको छ । रियल सोसिडाडका लागि १२ औं मिनेटमा अट्रिज इल्यूसोन्डोले गोल गर्दै अग्रता दिलाएका थिए । बार्साका लागि लुईस स्वारेजले ६३ औं मिनेटमा गोल गर्दै बार्सालाई १–१ का अवस्थामा ल्याएका थिए । बराबरी गरेको ३ मिनेटमा बार्साले अर्को गोल थप्दै जित तर्फ अग्रसर भएको थियो । बार्साका लागि उसमान डेम्बेलेले गोल गर्दै २–१ को अवस्थामा लगेका थिए ।


ADVERTISEMENT

# # #


यता गएराति भएको अर्को खेलमा युरोपेली च्याम्पियन रियल मड्रिड भने एथ्लेटिको बिल्वाओसँग एक एक गोलको बराबरीमा रोकियो । खेलको ३२औं मिनेटमा मुनियनले गोल गर्दै घरेलु टोली एथ्लेटिको बिल्वाओलाई अग्रता दिलाएका थिए । तर, ६३औं मिनेटमा इस्कोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । त्यसयता गोल हुन सकेन र खेल बरारीमा सकियो । लिगमा चार खेल सकिँदा रियलको १० अंक भएको छ ।