काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा माग गरेकी छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई दुई महिना बितिसक्दा पनि सार्वजनिक गर्न नसकेको भन्दै राजीनामा माग गरेकी हुन् । यति लामो समय बितिसक्दा पनि वास्तविक हत्यारा पत्ता लगाउन नसक्नु लाजमर्दो कुरा भएको उनले बताइन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘यो गृह प्रशासन वास्तविक हत्यारा पत्ता लगाउन सक्षम छैन । कि त छिटो भन्दा छिटो वास्तविक हत्यारा पत्ता लगाओस् हैन भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने जोडदार माग गर्दुछु ।’

बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै उनले सरकार असफल भएको बताइन् । यस्तै उनले ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न साना माछा वा ठूला माछा कसैलाई नछोडने कुरा आए पनि आज पक्रेका माछालाई पनि फत्काउँदै गएको बताइन् ।