विराटनगर – सोमबार चरा ठोक्किएको सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउन्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान साढे ८ बजे उक्त जहाजमा चरा ठोक्किएको थियो ।


ADVERTISEMENT


चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएको उक्त जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका निमित्त प्रमुख सन्तोष ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ग्राउन्डेड विमानको मर्मतमा इन्जिनियरहरु खटिएका छन् । सौर्य एयरलाइन्सको विमान उन्डेड भएपछि विराटनगरबाट काठमाडौं हुने चारवटा फ्लाइट अवरुद्ध भएको छ ।