काठमाडौं– आइएमई लिमिटेड र बोता मःमवीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष छुट पाइनेछ ।


ADVERTISEMENT


उक्त सम्झौता पत्रमा आइतबार आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःमको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


काठमाडौंमा ४, ललितपुरमा १ र भक्तपुरमा आउँदै गरेको एकसहित कुल ६ आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागु कम्पनीले जनाएको छ । यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । यो सम्झौता यही असोज ०१ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुनेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

धन्यवाद!