काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजी गर्न केही दिनमै संसद्मा प्रस्ताव हुने बताएका छन् ।


ADVERTISEMENT


प्रगतिशील पत्रकार संघले सोमबार बुटवलमा गरेको पत्रकार केसीले सम्मेलनमा यस्तो बताएका हुन् । केसीले संघीयताको विरोध नगर्न संविधान निर्माणका वेला करोडौंको अफर आएको पनि सुनाए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘विरोध गर्दा ज्यान मार्ने धम्की पनि आयो । तर, डराइएन । अब राजमोले संघीयता खारेजीको प्रस्ताव दर्ता गर्दै छ ।’ संघीयता विदेशीले बोकाइदिएको भारी भएकाले खारेज गर्नुको विकल्प नभएको उनले प्रस्ट्याएका छन् । – नयाँ पत्रिका दैनीकबाट