काठमाडौं – एसिया कप क्रिकेट अन्तरगत समूह चरणको सर्वाधिक प्रतिक्षित भिडन्त आज हुँदैछ । चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको यो भिडन्त हेर्न क्रिकेटप्रेमीहरु आतुर छन् ।


ADVERTISEMENT


दुई राष्ट्र पछिल्लोपटक च्याम्पियन्स ट्रफीको फाइनलमा भिडेका थिए, जुन खेलमा पाकिस्तानले भारतलाई १८० रनको विशाल अन्तरले हराउँदै उपाधि कब्जा गरेको थियो ।


ADVERTISEMENT

# # #


भारत त्यसको बदला लिन आतुर छ । त्यसो त भारत र पाकिस्तान दुवै सुपर ४ मा प्रवेश गरिसकेका छन् । दुवैले कमजोर प्रतिद्वन्द्वी हङकङलाई हराएर सुपर ४ मा स्थान बनाएका हुन् । हङकङमाथि पाकिस्तानले सहजरुपमा र भारतले संघर्षपूर्ण जित हात पारेको थियो ।

आजको खेलले भारत र पाकिस्तानमध्ये को ‘ग्रुप ए’ को विजेता हुने भन्ने टुंगो लगाउने छ । त्योभन्दा बढि यो म्याच दुवै राष्ट्रका निम्ति प्रतिष्ठाको विषय हो ।

पाकिस्तानी कप्तान सरफराज अहमदले आजको म्याचलाई लिएर दबाव रहेको स्वीकारेका छन् । ‘हो, दबाव छ । र, दबावका बीच नै हामी उत्कृष्ट प्रदर्शन गर्ने ध्याउन्नमा छौं ।

उनले एउटा खेलाडीको रुपमा यो म्याचलाई सामान्यरुपमा लिएको भए पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पाउने ‘हाइप’ ले गर्दा दवाव सिर्जना हुने बताए । ‘तर, हामी खेलाडीलाई भन्छौं कि यो म्याचलाई पनि अरु म्याचजस्तै सहजरुपमा लिनुस,’ अहमदले भने ।

भारत(पाकिस्तान म्याचलाई भारतको ब्याटिङ र पाकिस्तानको बलिङको प्रतिस्पर्धाका रुपमा लिने गरेको भए पनि अहमद यसमा सहमत छैनन् । उनले भने, ‘हामी बलिङ मात्र होइन, ब्याटिङ पनि राम्रो गरिरहेका छौं । प्रतिस्पर्धा हरेक हिसाबले रोचक हुनेछ ।’

यसअघि च्याम्पियन्स लिगमा हासिल गरेको जितले अहिले कुनै अर्थ नराख्ने पनि सहजादको भनाइ छ । ‘त्यो पुरानो कुरा भइसक्यो । अहिले हामी नयाँ ठाउँमा, नयाँ माहोलमा नयाँ खेल खेल्दैछौं । हामीले नयाँ उर्जा निकाल्नुपर्छ,’ उनले भने ।

त्यसो त भारत(पाकिस्तान भिडन्त सुपर ४ मा पनि हेर्न पाइनेछ । किनकी सुपर ४ मा पुग्ने सबैले एक(अर्काविरुद्ध खेल्नुपर्ने नियम छ । यदि भारत र पाकिस्तान फाइनलमा पुगेमा तेस्रो र निणरयक भिडन्त पनि हुन सक्छ ।