जनकपुर – संविधानको विरोधमा कालो दिवस मनाउने घोषणा गरेका स्वतन्त्र मधेश गठबन्धन डा. सिके राउतले बिरोध र्‍यालीलाई सम्बोधन गरेका छन् ।


ADVERTISEMENT


उनका समर्थकले संविधानको बिरोधमा जनकपुरमा बिरोध र्याली निकालेको बेला बाक्लो सुरक्षाघेरा छिचोल्दै अचानक पुगेका राउतले रामानन्द चोकमा करिब १५ मिनट सम्बोधन गरे ।


ADVERTISEMENT

# # #


सम्बोधन सक्ने बित्तकै उनी त्यस स्थानबाट प्रहरीको आँखा छल्दै फर्किए । उनका समर्थकले दिउँसो बिरोध र्‍याली निकालेको थियो । र्‍याली रामानन्द चोकमा कोणसभामा परिणत भएपछि उनी सम्बोधनका लागि त्यहाँ पुगेका थिए ।