काठमाडौं– आफ्नो बुबाभन्दा निकै जेठो छिमेकीको प्रेम प्रस्ताव अस्वीकार गर्दा दुई बालिका एसिडको सिकार बन्न पुगेका छन् । चन्द्रपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दास र सुस्मिता दासमाथि सुतिहरेको बेला आफ्नै छिमेकीले एसिड प्रहार गरेको खुलेको छ ।


ADVERTISEMENT


भदौ २९ गते मंगलबार राति १२ बजे दास दिदी बहिनीमाथि एसिड प्रहार भएको थियो । चन्द्रपुरमा उपचार सम्भव नभएपछि उनीहरुलाई बुधबार बिहान काठमाडौंको कीर्तिपुर ल्याइएको छ ।


ADVERTISEMENT

# # #


सम्झनाकुमारीलाई आफूभन्दा झन्डै तेब्बर उमेरका छिमेकी ५० वर्षीय रामबाबु पासवानले पटक पटक प्रेम प्रस्ताव राख्दै आएका थिए । तर सम्झनाले भने प्रस्तावलाई अस्वीकार गर्दै आएकी थिइन् ।

एसिड प्रहारबाट सख्त घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ । बहिनी सुस्मिता खतरामुक्त छिन् । दुवैको उपचार राजधानीस्थित कीर्तिपुर अस्पतालमा भइरहेको छ ।

चन्द्रपुरमा उपचार सम्भव नभएपछि सहयोगी छिमेकीको अभिनय गर्दै रामबाबु काठमाडौंसम्म आइपुगे । कसैले रामबाबु माथि शंका गरेनन । अपराध लुकाउन उनी कुरुवासमेत बसे । तर प्रहरीले सम्झनाको कल डिटेल्स निकालेर अनुसन्धान गरेपछि थाहा भयो एसिड प्रहार गर्ने त छिमेकी रामबाबु नै रहेछन् ।

‘एक महिनामा झन्डै २ सय कल पासवानले फोन गरेको देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख केदार ढकालले भने, ‘कल डिटेल्स, पीडितका बुवाको किटान जाहेरी र सम्झनाको बयानका आधारमा पासवानलाई पक्राउ गरेका हौं ।’ पासवानको हातमा एसिड परेर कालो भएको छ । प्रहरीले त्यसलाई पनि प्रमाणको आधार मान्यो ।

घटनाको ६ दिनपछि पक्राउ परेका पासवानलाई मंगलबार इलाका प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो । उनीमाथि पीडितले किटान जाहेरी दिइसकेका छन् ।