काठमाडौं– आफैंले पढाउने छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिन्छु भन्दै धम्की दिने एक विशेषज्ञ डाक्टर पक्राउ परेका छन् । पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर मेघराज तिवारीले छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।


ADVERTISEMENT


महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । तिवारीले आफैले पढाउने एक छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की गरेको प्रारम्भिक अनुसान्धानबाट खुलेको हो ।


ADVERTISEMENT

# # #


तिवारीले कंलकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा पढाउँछन् । सोही कलेजमा बिएस्सी अध्यनरत एक २० वर्षिया छात्रालाई तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राखेको तर छात्राले अस्वीकार गरेपछि म्यासेन्जरमार्फत् आपत्तिजनक म्यासेज पठाउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार तिवारीले बारम्बार पीडित यूवतीलाई अश्लिल भिडियो र सन्देश पठाउँदै यौन प्रस्ताव राख्दै आएका थिए । उनको सो कुरालाई युवतीले नमानेपछि म्यासेजमा अश्लिल गालीगलौज गरेपछि उक्त कुरा सहन नसकेर छात्राले प्रहरीमा उजुरी दिएकी थिइन् ।

तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय अपराध मुद्धामा म्याद थपी अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।