काठमाडौं– संसदीय सुनुवाई विशेष समितिको बैठक आज बोलाइएको छ ।


ADVERTISEMENT


आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविन घिमिरेको सुनुवाई गर्ने कार्यतालिका रहेको छ । घिमिरेबारे उजुरी दिन दश दिने सार्वजनिक सूचना आह्वान भएपनि एउटा उजुरी पनि परेको थिएन ।


ADVERTISEMENT

# # #


अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्वोच्चले पदमा रहन अयोग्य भएको निर्णय गरेपछि घिमिरे कार्यवाहक प्रमुख आयुक्तका रुपमा कार्यरत रहेका थिए । भदौ २० गते बसेको संवैधानिक परिषदको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । समितिको बैठक एक बजेका लागि बोलाइएको छ ।