काठमाडौं– स्मार्ट टेलिकमले संविधान दिवस नमाएको छ । नेपालीहरुद्वारा नेपालीहरुकालागि लेखिएको नयाँ संविधान तीन वर्ष पूरा गरेको अवसरमा स्मार्ट टेलिकमले दिवस मनाएको हो ।


ADVERTISEMENT


कम्पनीले बुधबार आफ्ना काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुमा संविधान दिवस २०७५का पोष्टरहरुद्वारा सुसज्जित गरेको छ । साथै सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्ज्वलन तथा राष्ट्रिय गान गाएर संविधान दिवस मनाइएको हो ।


ADVERTISEMENT

# # #


आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदानगर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ ।

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत (युनिफाइड लाइसेन्स) प्राप्त गरेको छ । दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित छ ।