काठमाडौँ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे स्वीकृत भएका छन्। बिहीबार संसदीय सुनुवाइ समितिले उनलाई सर्वसम्मत रूपमा प्रमुख आयुक्तमा स्वीकृत गरेको समितिका जेष्ठ सदस्य सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए।


ADVERTISEMENT


कार्यवाहक प्रमुख आयुक्तका रूपमा काम गरिरहेका घिमिरेले अब राष्ट्रपतिबाट सपथ लिएपछि पदभार ग्रहण गर्नेछन्। यसअघि संसदीय सुनुवाइका क्रममा सांसदहरूले घिमिरेमाथि अख्तियारले गरिरहेका कामकारबाही र उनका आगामी योजनाबारे प्रश्न सोधेका थिए।


ADVERTISEMENT

# # #


नेकपा सांसद योगेश भट्टराईले लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनले संस्थालाई होइन आफूलाई शक्ति केन्द्र बनाएको र मानिसलाई साष्टाङ्ग गर्नु पर्ने अवस्था कसरी आएको थियोरु भनी प्रश्न गरेका थिए।

भट्टराईले साँच्चै भ्रष्टहरूलाई कारबाही गर्ने हिम्मत छ कि छैन भन्ने प्रश्न पनि राखेका थिए – धारा तोरीको तेल खानु भएको छ कि छैन ? मुटु बलियो बनाउनुस्।

कांग्रेस सांसद पुष्पा भुषालले अख्तियारले बेलाबेलामा दायराले नाघ्ने गरेको बताउँदै त्यसलाई रोक्न के गर्नुहुन्छरु भनेर सोधेकी थिइन्।

जवाफमा घिमिरेले अख्तियार व्यक्तिले भन्दा पनि पद्दति चलाउनु पर्छ भन्ने आफ्नो प्रतिवद्धता भएको बताए। बलियो मुटुको प्रश्नमा उनी हाँसेमात्र।

घिमिरेले आफू कार्यवाहक प्रमुख भएदेखि नै १३ पाने भराउन छोडेको र अब पहिला अनुसन्धान गरेरमात्र १३ पाने भर्न लगाइने बताए।

‘कार्यवाहक प्रमुख आयुक्त भएपछि १३ पाने भर्न रोकेको छु। पहिला अनुसन्धान हुन्छ। प्रमुख आयुक्तकै नेतृत्वमा इन्टेलिजेन्स कमिटी बनाइएको छ, अनुसन्धानबाट सम्पत्ति विवरणभन्दा बढी सम्पत्ति देखियो भनेमात्र १३ पाने भर्नुपर्छ,’ घिमिरेले भने,‘सम्पत्ति मूल्यांकनको पनि नयाँ मापदण्ड बनाएका छौं।’

सांसदहरूले काम सुरू नहुँदै विभिन्न विकास निर्माणका काममा अख्तियार प्रवेश गरेकाले अप्ठेरो पर्ने गरेको गुनासो पनि गरेका थिए।

घिमिरेले आफू कार्यवाहक भएयता त्यस्ता कुनै पनि फाइल नतानेको बताए।

‘बरू आयोगले सोधेलगत्तै हातखुट्टा छोड्ने हाम्रो कर्मचारीको प्रवृत्ति छ आफैं नयाँ गर्नेभन्दा असन चोकमा उभिएको मान्छेजस्तै घचटपचट गरेमात्र अगाडि जाने खालको छ,’ उनले भने।